समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.१९ प्रतिशत मतदान

काठमाडौँ । राष्ट्रियसभा सदस्यको आज भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आज बिहान १०ः०० देखि अपरान्ह् ४ः०० बजेसम्म मतदान भएको थियो । मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत आम नागरिकप्रति आभार प्रकट गरेको छ ।

निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । उक्त निर्वाचनको मतगणना कतिपय स्थानमा प्रारम्भ भई परिणाम आउने कार्यसमेत शुरु भइसकेको छ ।