समाचार

राष्ट्रियसभाको सदस्यमा गण्डकी प्रदेशबाट श्रेष्ठ र न्यौपाने विजयी

कास्की । राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएकी छन् । नेकपा प्रवक्ता रहेका श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गरेका छन् ।

यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विमला गौचनले दुई हजार ३४० मत प्राप्त गरिन् । अन्य समूहतर्फ राष्ट्रिय जनमोर्चाका शङ्कर बरालले १९८ मत प्राप्त गरेको निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

आज बिहान १० बजेदेखी साँझ ४ बजेसम्म निर्वाचन कार्यालय परिसरमा भएको मतदानमा कूल मतदाता २३० मध्ये २२८ जनाले मतदान गरेका थिए ।