प्रदेश 2

राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश २ बाट दाहाल निर्वाचित

जनकपुरधाम । राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन् ।

निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उनी निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गरेकी छन् । यादव नेपाली काँगे्रस र सङ्घीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार हुन् ।