पर्यटन/संस्कृति

गुरुङ योगेशसंग आक्रोशितः पर्यटकको निस्सासिएर निधन हुनु पर्यटन बर्षको ‘पहिलो गाँसमै ढुंगा’

काठमाडौं । नेपाली काँग्रेसका नेता धनराज गुरुङले केहीदिन अगाडीमात्र होटलको कोठामा पर्यटकहरुको निधन भएको घटनालाई पर्यटन बर्ष २०२० को पहिलो गाँसमै ढुंगाको नाम दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै उक्त घटनालाई होटलको कमजोरीका रुपमामात्र लिन नहुने भन्दै पर्यटकीय पुर्वाधारबिनै पर्यटन बर्ष भनेर हिँडने कार्यको खुलेर बिरोध गरेका छन् । सरकारले पर्यटक आईदियोस भन्ने तर आधारभुत तयारी समेन नगर्ने भन्दै पर्यटन मन्त्री योगेश भट्टराईलाई व्यंग्य समेत गरेका छन् ।

उनको स्टाटस्ः भारतीय पर्यटकहरुको दामनको एउटा होटलमा निस्सासिएर मृत्यु भएको खवरले ‘पर्यटन वर्ष २०२०को पहिलो गाँसमै ढुंगा’ भयो। हामी पर्यटक आइदिआस् भन्छौं तर पर्यटकीय दृष्टीले आबश्यक आधारभुत तयारी कहिल्यै गर्दैनौं। हाम्रो कमजोरी यहि हो। यस घट्नालाई एउटा होटलको कमजोरीको रुपमा मात्रै लिनु हुदैन।