खेलकुद

लिगमा आजदेखी आठौं चरणका खेल सुरुः दुई टोली मैदान उत्रँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्र्तगत आज दुई हुँदैछन् । आज लिगमा थ्री स्टार र हिमालयन शेर्पा तथा एपीएफ र जावलाखेलबीच प्रतिस्पर्धा हुन्दै छ । यो संगै आजदेखी आठौं चरणका खेलहरु सुरु हुन लागेका छन् ।

आज हुने पहिलो खेलमा मध्यान्ह १२ बजे ललितपुरको थ्री स्टार क्लब र हिमालयन शेर्पा भिड्ने भएका छन् । दुबै टोली जित आफनो पक्षमा पार्ने दाउँका साथ मैदान उत्रदै छन् । अघिल्लो खेलमा थ्री स्टार र मनाङ मस्र्याङ्दी बराबरीमा रोकिएका थिए । थ्री स्टार लिगको पाँचौ स्थानमा रहेको छ ।

उसले ७ खेलबाट तिन जित र २ बराबरी खेलेसंगै ११ अंक जोडेको छ । आजको खेलमा शेर्पालाई पराजित गरेमा उ तेस्रो स्थानमा जाने छ । यस्तै उता मच्छिन्द्रको अपराजित यात्रामा धक्का लगाउँदै पहिलो जित निकालेको हिमालयन शेर्पा आज पनि त्यसलाई निरन्तर दिन चाहन्छ ।

७ खेलबाट ७ अंक नै जोडेको शेर्पा ११ औं स्थानमा छ । थ्री स्टारलाई हराएमा शेर्पा सातौं स्थानमा उक्लने छ ।

यसैबिच लिगको अर्काे खेल अपरान्ह ३ बजेदेखी सुरु हुने भएको छ । दोस्रो खेलामा जावलाखेल र एपीएफबिच प्रतिस्पर्धा हुने छ । सात खेलबाट २ जित र तिन बराबरी गरेको जावलाखेल आठैं स्थानमा छ । एपीएफलाई पराजित गरेको खण्डमा त्यो टोली शिर्ष पाँच औं स्थानमा उक्लने छ ।

उता एपीएफको भने यो सिजनमा नराम्ररी धक्का पाईरहेको छ । राम्रो सुरुवात नै गर्न नसकेकोउक्त टोली सात खेल खेलीसक्दा जम्मा १ खेलमा मात्रै जित हात पारेको र ४ मा हार ब्यहोरेको छ । । एपीएफ १३ औं स्थानमा छ भने जितविहिन सरस्वती १ अंक सहित लिगको पुछारमा छ ।