सामाजिक सञ्जाल

इतिहासले नै सावित गरेको छ, कांग्रेस पराजयसङ्ग डराउने पार्टी होइन: प्रदिप पौडेल

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले लोकतन्त्र विजय हुने शर्तमा कांग्रेसले पराजय समेत स्विकार गरेको बताएका छन् । नेकपावाट सभामुखको लागि अग्नि सापकोटालाई उम्मेदवार बनाएपछि उनले उनले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “हाम्रो इतिहास भन्छ-पराजयसङ्ग डराउने पार्टी नेपाली कांग्रेस होइन ।

लोकतन्त्र विजय हुने शर्तमा कांग्रेसले पराजय समेत स्विकार गरेको छ । तर आफ्नो उपस्थिति पनि नदेखाइ,जघन्य आरोप अदालतमा दर्ज भएका व्यक्तिलाई सभामुखमा निर्विरोध स्विकार्दा भविष्यको पुस्ता आफ्ना अग्रजको कदमप्रती निरुत्तर हुनेछ ।”