राजनीति

गतिरोध अन्त्यका लागि देउवा, पौडेल र सिटौलाबीच महत्वपुर्ण छलफल, गुटबन्दी हट्ने संकेत !

काठमाडौं । नेपाली काँग्रेसमा लामो समयदेखी रहेको गतिरोध अन्त्यका लागि आज सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृषप्रसाद सिटौलाबीच छलफल भएको छ । उपचारको लागि भारत गएर फर्किएका बरिष्ठ नेता पौडेल र नेता कृष्ण प्रसाद सिटौला देउवा निवास बुढानिलकण्ठ गएर सभापति देउवासँग पार्टीको आगामी दीशाका बारेमा छलफल गरेको बताईएको छ ।

मंसिश २६ गतेदेखी काँग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गरेको बरिष्ठ नेता पौडेल पक्षको अनुपस्थितिमा नै पौष १० गते बहुमतको निर्णयले पार्टीका बिभागहरु थप्ने, महाधिवेशनको मिति तोक्ने, तरुण दलको म्याद ६ महिना थप्ने लगायतका निर्णय गरेपछि देउवा पक्षसँग पौडेल पक्ष झण्डै पानी बाराबारको अवस्थामा देखिन्छ । सिटौला पक्षले पौडेल पक्षसँग नजिकिएको देखिएपनि उनको समूह अझैपनि सभापति देउवा पक्षमा नै भएकोले उनलाई अर्को पक्ष भनेर भन्नु नपर्ने काँग्रेस नेताहरु नै बताउँछन् ।

सभापति देउवाले बहुमतको आधारमा पौडेल पक्षको अनुपस्थितिमा प्रकाशमान सिंह र डा शसाँक कोईरालालाई साथमा राखेर सभापति देउवालाई चेतावनी दिँदै पत्रकार सम्मेलन नै आयोजना गरि चेतावनी दिएपछि सम्बन्ध थप चिसिएको छ । चिसिएको सम्बन्ध गरम हुने सम्भावना नै देउवाले केन्द्रीय समितिले गरेको निर्णय फिर्ता लिनुबाहेक अरु नहुने आजको पौडेल पक्षले देउवासँगको भेटमा बताईसकेको छ ।

त्यसपछि भने छलफल गरेर टुंगोमा पुग्ने सम्भावना देखिएको छ । सभापति देउवा पौडेल पक्ष सहमतीमा आउने हो भने उक्त निर्णय फिर्ता लिन पनि पछि नपर्ने मुडमा रहेको देउवा निकट स्रोतकोदाबी छ तर स्रोतका अनुसार देउवाका निकटका केही शीष नेताहरु भने पार्टीको बहुमतले गरेको निर्णयबाट पछि हट्न नहुने सलला दिईरहेकाले कुरा अड्किएको हो । सभापति देउवा पक्ष पौडेल पक्षले शुक्रबार पुनः बैठक बसेर पार्टीका गतिरोधहरु अन्त्य गर्ने बाटो खोज्नेमा सहमती गरेका छन् । देशभरका काँग्रेस नेता कार्यकर्ता तथा शुभचिन्तकले सभापति देउवा र पौडेल पक्षले गरेको पार्टी मिलाउने प्रयासलाई सकारात्मक ठानेका छन् ।