राजनीति

दाहालको व्यंग्य: सर्वसम्मत सभामुख भएका सापकोटाको विरोध गरेर चिसो लाग्ला !

८ माघ, काठमाडौं । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोपमा राजिनामा दिएपछि उक्त रिक्त पदमा नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाएका छन् । सशस्त्र द्वन्द्वकालीन मुद्दामा आरोपित सापकोटालाई उम्मेदवार बनाए लगत्तै चौतर्फी आलोचना हुन थालेको छ ।

त्यसक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले व्यंग्य गर्दै सापकोटाको विषयमा विरोध गरेर दुःख नगर्न आग्रह गरेका छन् । सापकोटालाई सभामुख बनाउन लागेको भन्दै मानवअधिकारकर्मीहरुले बुधबार मण्डलामा प्रदर्शनमा उत्रिएकाहरुलाई दाहालले जाडोमा माइतीघर मण्डलामा बस्ने दुःख नगर्नसमेत आग्रह गरे ।

सापकोटामाथि उक्त आरोप हुँदाहुँदै सभामुखको उम्मेदवार बनेपछि मानवअधिकारकर्मीहरुले विरोध प्रदर्शन गर्न थालेपछि अध्यक्ष दाहालले सापकोटालाई सभामुख बनाउन सिंगो देश एक ठाउँमा उभिएको बताए । उनले भने, ‘उहाँमाथि केही पनि छैन, बेकारको कुरा हो त्यो ।’ अग्नि सापकोटामाथि अर्जुन लामा हत्यामा माग २२ गते पेशी तोकेको छ ।