खेलकुद

तराईमा मात्र खेलिने क्रिकेटप्रति युवाको आकर्षण बढेपछि वडास्तरीय क्रिकेट प्रतियोगिता शुरु

अर्घाखाँची । शहरबजार र तराईमा मात्र खेलिने क्रिकेट खेलप्रति युवाको आकर्षण बढेपछि यहाँको छत्रदेव गाउँपालिकाले आजदेखि वडास्तरीय क्रिकेट प्रतियोगिता शुरु गरेको छ । पालिकाभित्रका आठै वडाको सहभागिता रहेको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले उद्घाटन गर्दै युवापुस्ताको पहिलो रोजाइ बनेको क्रिकेट खेलको विकासमा सरकारको ध्यान जान जरुरी रहेको बताए ।

ग्रामीण तथा शहरी क्षेत्र सबैतर्फ क्रिकेटप्रति युवाको आकर्षण बढेपछि दक्ष क्रिकेट खेलाडी उत्पादन गर्न वडास्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले बताए । उनले खेलकूदको माध्यमबाट युवाबीच आपसी सद्भाव र भाइचारको सम्बन्ध कायम गर्न क्रिकेट खेलको आयोजना गरेको जानकारी दिए ।

प्रतियोगितामा विजेताले रु ४० हजार, उपविजेताले रु २५ हजार र तेस्रो हुनेले रु १५ हजार नगद पाउनेछन् ।