सूचना प्रविधि

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’, मात्र १०० मा सिम

काठमाडौं । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना‘टुरिष्ट सिम’मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । एनसेलप्रा. लि.ले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबार (माघ ८) बाट संचालनमा आएको छ । यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम र डेटा बण्डलिङ्ग गरिएको प्याकहरु लिन सक्छन् ।

नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित मात्र १०० मा टुरिष्ट सिम सहितको स्टार्टर प्याकलिन सक्छन् । यो प्याकमा पर्यटकले रु ३० मेनब्यालेन्स र तीनदिन समयावधि भएको १ जिबी डेटा पाउँछन् । यो सिमको विषेशता भनेको यसमा पे यज यु यो रेट लागु हुदैन र पर्यटनहरुले आफ्नो नेपालको बसाई र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तिस दिन सम्म समयसिमा रहेका विभिन्न पाँच कक्बो प्याकमध्ये कुनै एक प्याक लिन सक्छन् ।