मनोरञ्जन

निलमको ‘दिलको राजा’ बने नायक अभी (भिडियो)

काठमाण्डौ । गीतकार एंव सञ्चारकर्मी प्रदिप थिङको शब्दमा रहेको दिलको राजा बोलको गीत बजारमा आएको छ । ताम्सालिङ टिभिको प्रस्तुती रहेको गीत आफ्नो प्रेमिका रिसाउँदा फकाएको प्रसंगलाई उठाएको छ ।

चर्चित गायिका जितु लोप्चनको आवाज रहेको गीतलाई गायक एंव सङ्गितकार निमा दोङले संगीत भरेका हुन । एरेन्जर निरोज लामाले एरेन्ज गरेको गीतलाई दिपएश प्रधानले मिक्सिङ गरेका हुन ।

भिडियोलाई सुर्य लामाले ड्रोन,सम्पादन, छायांकन,कलर र निर्देशन गरेका हुन । नायक एंव मोडल अभी लामाको अभिनय र कोरियोग्राफी गरेको उक्त म्युजिक भिडियोमा गीतकार एंव सञ्चारकर्मी प्रदिप थिङ र नीलम मोक्तानको अभिनय देख्न सकिन्छ ।
[youtube https://www.youtube.com/watch?v=hPgQC_pmQ8w&w=907&h=380]