पु.समाचार

रवि लामिछाने भन्छन्, ‘प्रचण्डका पुर्व बडिगार्ड एसपी मल्लमाथी छानविन हुनुपर्छ’ (भिडियोसहित)

काठमाडौं । न्युज २४ टेलिभिजनका सीधा कुरा जनतासँग कार्यक्रममा रवि लामिछानेले चितवनका एसपी दानबहादुर मल्ललाई पत्रकार शालीक्राम पुडाशैनी आत्माहत्या प्रकरणमा छानविन गर्नुपर्ने बताएका छन्। केहीदिन अगाडीमात्र उनले उनको टिमले अदालतबाट सफाईपाएपछिको मंगलबारको कार्यक्रममा बोल्दै सार्बजनिक गरिएको भिडियो प्राप्त भएको एकहप्तासम्म मृतकको भिडियो बोकेर हिँडेको आरोप लगाएका छन् ।

साथी युवराज कँडेल, रुकु कार्कीसहितलाई आत्माहत्याका कारण आफूहरु भएको आरोप लगाएर मरेर गएको सत्यता नभएपछि आफुलाई मन नपरेका पत्रकारलाई फसाउने षढ्यन्त्र बमोजिम आफुहरुलाई फसाउन खोजिएको बताए । त्यसका लागि प्रहरी प्रमुख कसरी फसाउन सकिन्छ भन्दै एसपी मल्ला परिवारले दिएको जाहेरी बेवास्ता गर्दै पावर सेन्टर पुगेको अनुसंधान गर्दा अनुसंधान गर्दा जानकारी हुने दाबी गरे । पुर्व प्रधानमन्त्री पुष्पकमल दहालका पुर्व बडिगार्ड भएका एसपी दानबहादुर मल्ल र आईजीपी सर्वेन्द्र खनालले त्यसबेला आफहरुले उक्त भिडियो अनुसंधान अगावै बाहिर नदिएको बताएको भनेको लामिछानेको दाबी छ ।

माननीय न्यायधीश हेमन्त रावलले अदालतभन्दा अगाडी भिडियो कसरी आउट भयो छानविन गर्नुस् भनेर निर्देशन दिँदापनि उत्तर नदिएको बरु सत्यका लागि गोली थाप्न तयार रहने नेपाल प्रहरी आजकाल फुली थाप्न पाए हुने स्थीतमा पुगेको बताएका छन् । कार्यक्रममा लामिछानेले निर्दोश छौं अनुसंधानमा सहयोग गछौं भन्दा भन्दै टेकु लान्छौं भन्दै मध्यरातमा आफुलाई बलात्कारी, धाराको टुटी चोर, साईवर क्राईममा अभियुक्तहरु १९ जनाले हजारौं उडुससहित राती एक बजे आफुहरुलाई चितवनको हिराशतमा  स्वागत गरेको दुःखद अवस्था बताए । एसपी दानबहादुर मल्लसँग भएको त्यो भिडियो अन्य स्थानमा कसरी बाहिर गयो त्यो छानविन गर्नुपर्ने र दानबहादुरजीसंग उक्र प्रश्नको उत्तर नदिए यही महिना रिटायर्ट हुने आईजीपी खनाललाई जनताले प्रश्न सोधिरहने बताए । उनले उक्त भिडियो दानबहादुर मल्लले नै दिएको दाबी गरे । आफुलाई ३ मिनटमात्र कार्यक्रम गर्न दिएको भए घटनाको स्पष्टता आउने दाबी गर्दै पछिल्लो समय २५ एसपी सरुवा हुँदासम्म एसपी मल्ल आईजीपी, गृहमन्त्री भन्दा पनि ठुलो हुँदै सरुवा भएको स्थानमा चितवन छाडेर जान अप्ठ्यारो मानेको घटनाले एसपी मल्लको नियत स्पष्ट भएके दाबी समेत उनले गरे । 

मृतकले विवाहित हुँदाहुँदै झुक्याएर बिभिन्न ब्ल्याकमेलिङ गरेको भन्दै घटनाबारे पनि स्पष्ट गरेको छन् । अदालतको आदेशलाई निर्देष भएकोले आफुहरुलाई सफाई दिएको भन्दै भिडियोमा भएका कुराहरुधको सत्यतथ्य खोज्नभन्दा पनि एसपी मल्ल फसाउनतिर लागेको बताए ।