बाग्मती

नायिका पुजा शर्माले चितवनमा गरिन केटिएम सिटि शोरुमको उद्घाटन

चितवन । चर्चित नायिका पुजा शर्माले रिवन काटेरस्क्वाड नेपाल प्रा. लि. ले चितवनको भरतपुरमा रहेको सिजि लेण्डमार्कमा स्वदेशी गुणस्तरीय ब्राण्ड केटिएम सिटि तथा बहुचर्चित बिदेशी ब्राण्ड अन्टाको शोरुमको उद्घाटन गरेकी छिन् ।

उद्घाटनका लागि सिजि मल परिसरमा औपचारिक कार्यक्रम पनि गरिएको थियो । बिदेशी ब्राण्डको कपडाका लागि गरिने खर्च भन्दा निकै कम खर्चमा आफ्नो देशमै उत्पादित स्वदेशी ब्राण्ड रोज्न पाउनु गौरवको कुरा भएको उद्घाटन पश्चात् आयोजित कार्यक्रममा नायिका शर्माले भनिन ।

चितवन आउन जुर्ने हरेक अबसरले आफुलाई आनन्दित तुल्याउने गरेको तथा आफुलाई जस्तै स्वदेशमै उत्पादित यो ब्राण्डलाई पनि माया गरिदिन नायिका शर्माले कार्यक्रममा उपस्थित दर्शकहरुलाई अपिल पनि गरिन ।

कार्यक्रममा चर्चित गायक रामचन्द्र काफ्लेले आफ्ना केही सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । काफ्लेकी श्रीमती, गायिका तथा उक्त कार्यक्रमको प्रस्तोता जुनु रिजालेले पनि सांगीतिक माहौल जमाउन भरपुर साथ दिएकी थिईन ।

हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले आफ्नो हास्य प्रहसनले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन । कार्यक्रममा स्क्वाड नेपालका फिलिप डिसिले मध्यम बर्गिय देखि उच्च ब्राण्डको कन्सेप्ट भएकोले पनि शोरुमबाट लाभ लिन सक्ने बताए ।

अर्का संचालक सुरज गिरिले धेरै अथक प्रयास पछि राजधानीमा अतिनै लोकप्रिय रहेको केटिएम सिटि चितवनका उपभोक्ता माझ ल्याउन पाउँदा आफुले गौरवान्वित महसुस गरेको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि ईक्यान नेपालका निवर्तमान अध्यक्ष बिष्णुहरी पाण्डे, अतिथि युवा उद्यमि राम कार्की, अतिथि संगितज्ञ श्याम नेपाली लगायतले व्यावसायिक सफलताको शुभेच्छा प्रकट गरेका थिए ।

स्क्वाड नेपाल प्रा. लि. चितवनभरको केटिएम र अन्टा ब्राण्डको बितरक रहेको र छिट्टैनै चनौली, टाँडी, पर्सा लगायतका ठाँउमा यस्ले आफ्नो सेवा बिस्तार गर्ने संचालक मध्यका एक उत्तम गुरुङले बताए ।