अन्तर्राष्ट्रिय

बेलायती राजकुमार ह्यारीको मेगनसाथ क्यानडामा नयाँ जीवनको सुरूवात

एजेन्सी । बेलायती राजकुमार ह्यारी मङ्गलबार क्यानडा पुगेका छन् । गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गरेका थिए ।

‘द ड्युक अफ ससेक्स’ ह्यारीले क्यानडामा रहेकी उहाँकी श्रीमती द डचेज अफ ससेक्स मेगनसँग नयाँ जीवन विताउनेछन् । मेगन छोरा आर्चीसँगै यस पहिल्यैदेखि क्यानडामा रहँदै आएका थिए ।

उनिहरुले क्यानडा र बेलायतमा गरी समय बिताउने बताएका छन् । त्यसकै तयारीका लागि ह्यारी क्यानडा गएको बताइएको छ । आइतबार लण्डनमा भएको एक कार्यक्रम गरेको सम्बोधनको क्रममा राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताएका थिए ।

राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले ‘आस्था वा निष्ठाको निर्णय’ लिएको उनको भनाई थियो । आफू र श्रीमती मेगन जिम्मेवारीहरुबाट नभागेको बताउँदै ह्यारीले भने, “बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो, यो कहिले पनि परिवर्तन हुने छैन ।”

द ड्युक एण्ड डचेज अफ ससेक्सले उनिहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २।४ मिलियन पाउण्ड फिर्ता गर्ने इच्छा देखाएका छन् जनाइएको छ । तर फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती परिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ ।