खेलकुद

सहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) एक खेल हुदैछ । आठौं चरणको पहिलो खेलमा लिगको दाबेदार मछिन्द्र र पुलिस आमने सामने हुदैछन् । खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।

मछिन्द्रको ७ खेलबाट १३ अंक रहेको छ । गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो । ४ जित २ बराबर र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ ।

लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक रहेको छ । पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ ।

उत्साहित मछिन्द्र, दबाबमा पुलिस

मनाङका खेलाडीसंग विवाद भएपछि मछिन्द्रका दुई खेलाडी समेत अनुशासनको कारबाहीमा परे । एन्फाको कारबाहीले मछिन्द्रको लिग जित्ने सपनामा नराम्रो धक्का लाग्यो ।

खेल सकिए लगत्तै हातपातमा उत्रिएका मछिन्द्रका तीन खेलाडीलाई एन्फाले कारबाही गरेको थियो । राष्ट्रिय टिमको सेन्टर डिफेन्डर देबेन्द्र तामाङ झगडामा सामेल हुनुनै मछिन्द्रलाई घाटाको बिषय बन्यो ।

देबेन्द्रको कारबाहिमा परेपछि क्लबको डिफेन्स लाईन निकैनै कमजोर देखियो । जसको असर हिमालयन शेर्पाविरुद्धको खेलमा देखियो । लिग जित्न स्टार खेलाडी जम्मा पारेको मछिन्द्र अप्रत्यासित रुपमा शेर्पा क्लबसंग २–० ले स्तब्ध बन्यो ।

एन्फाको कारबाहिमा परेका देबेन्द्र सहित दिपक राई र विजय धिमाल दुई खेलको प्रतिबन्धपछि आठौं चरणको खेलमा फर्कने भएका छन् ।
सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रले बुधबार विभागीय नेपाल पुलिस क्लबको सामना गर्दैछ ।

दशरथ रंगशालामा हुने एक मात्रै खेल दिउँसो ३ बजे सुरु हुनेछ । तीन खेलाडीको आगमनसँगै मछिन्द्रले प्लेईङ सेट र बेन्च बलियो हुने अनुमान गरेको छ । डिफेन्डर देबेन्द्र नियमित खेलाडी हुन् भने दिपक र विजय बेन्चका खेलाडी हुन् ।

पुलिसविरुद्ध मछिन्द्रले स्ट्राइकर विशाल राई ‘ए’ लाई पनि झिकाउने छ । मछिन्द्र क्लबले आफ्ना तीन खेलाडीको आगमनमा पुन टिमले गति लिने विश्वास लिएको छ ।

क्लबका प्रशिक्षक प्रवेश कटुवाल खेलाडीको आगमनले टिमलाई थप हौसला बढ्ने र खेल्न सहज हुने बताउँछन् ।

‘पुलिस सेट टिम हो । बलियो छ । तीन खेलाडीको आगमनले सहज भएको छ । पुन आफ्नो लय समात्दै तीन अंक लिन्छौं ।’ उनी भन्छन् ।विराज महर्जनको कप्तानीमा रहेको मछिन्द्रको ७ खेलबाट १३ अंक रहेको छ ।

गत सिजन लिगमा गरेको खराब प्रदर्शनका कारण एक अंक ऋण बोकेर मछिन्द्रले लिगको सुरुवात गरेको थियो । उसले ४ जित २ बराबर र १ हारको नतिजा सहित तेस्रो स्थानमा छ ।

पुलिसविरुद्ध मछिन्द्रले अभिषेक रिजाल, सुजल श्रेष्ठ, विशाल राई बी, रेजिन सुब्बा, रन्जित धिमाल र तीन विदेशी खेलाडीलाई प्राथमिकतामा राख्नेछ । यता, पुलिसपनि लय गुमाएर दबाबमा आएको मछिन्द्रलाई हल्का नलिने सोचमा छ ।

प्रशिक्षक अनन्त राज थापा बलियो मछिन्द्रविरुद्ध आफ्नो टिम भिड्न तयार रहेको बताउँछन् । ‘मछिन्द्र बलियो टिम हो । खेलाडी पनि तयार छन् । स्पष्ट अंकको लागि लड्छौ ।’ उनी भन्छन् ।

लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक रहेको छ । पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजा सहित तालिकाको छैटौ स्थानमा छ । भेट्रान खेलाडी जुमानु राई, भोला सिलवाल, सुमन सुवेदी, रविन श्रेष्ठको साथ पाएको पुलिसले हाल राष्ट्रिय टिमका सदस्य रवि पासवान, तेज तामाङ र अजित भण्डारीलाई मुख्य हतियार बनाउने छ ।

पुलिसले ४ गोल गरिसकेका आफ्ना स्ट्राइकर सुमन लामालाई मछिन्द्रविरुद्व गुमाउने छ । उनी चोटका कारण मैदान बाहिर रहनेछन् । पुलिसविरुद्ध जित हात पार्दै मछिन्द्रलाई शीर्ष स्थानमा उक्लने मौका रहेको छ । यस्तै मछिन्द्रलाई हराउँदै पुलिस दोस्रो स्थानमा उक्लिन चाहन्छ ।