राजनीति

गगनको देउवा/ओली/दहाललाई चेतावनीः द्वन्द्वकालमा भएका जघन्य अपराधमा पूर्णविराम नलागोस्

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन कुमार थापाले विशिष्ट पदको आवरणमा न्यायिक प्रकृयामा पूर्णविराम लगाउने प्रयत्न नहोस् ! भन्दै व्यग्यात्मक चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै नेकपाका दुई अध्यक्षलाईमात्र गाली गरेका छैनन् आफ्नै पार्टी सभापति शेरबहादुर देउवातर्फ पनि खनिएका छन् । उनले सत्तापक्ष्का दुई अध्यक्ष र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई संकेत गर्दै भनेका छन्, ‘नेकपा अध्यक्षको हलुका अभिव्यक्ति, सत्तापक्षको निर्णय र प्रतिपक्षको साथ निको देखिँदैन ।’

पुर्व स्वाथ्य मन्त्री समेत रहेका नेता थापाले शान्ति प्रकृया विशेष राजनीतिक परिस्थिति हो तर यसको अर्थ द्वन्द्वका गम्भीर अपराधको वेवास्ता र दोषीको उन्मुक्ति होइन। भन्दै नेकपा अध्यक्ष पुष्पकमल दहालले नेतृत्व गरेको जनयुद्धमा भएका गम्भीर प्रकृतिका अपराधलाई समेत संकेत् गरेका छन् । अधयक्ष दहालले केहीदिन अगाडि पाँच हजार मान्छे द्वान्द्व कालमा मारिएको जिम्मा आफुले लिने बताएका थिए । नेता थापाले साँकेतिक रुपमा द्वन्द्वकालसँग जोडेर अलत निर्णय नगर्न शीष नेताहरुलाई चेतावनी दिएको बुझ्न सकिन्छ । 

उनको स्टाटस्ः शान्ति प्रकृया विशेष राजनीतिक परिस्थिति हो तर यसको अर्थ द्वन्द्वका गम्भीर अपराधको वेवास्ता र दोषीको उन्मुक्ति होइन। नेकपा अध्यक्षको हलुका अभिव्यक्ति, सत्तापक्षको निर्णय र प्रतिपक्षको साथ निको देखिँदैन। विशिष्ट पदको आवरणमा न्यायिक प्रकृयामा पूर्णविराम लगाउने प्रयत्न नहोस् !