खेलकुद

नेकपा नेता/प्रदेशसभा सांसद दीपक मनाङेले कुटे एन्फाका अध्यक्षलाई !

काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सांसद दीपक मनाङेले मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा असन्तुष्टि जनाउँदै अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेका छन् । सांसद हुनुभन्दा अगाडी मनाङे गुण्डाको नामले परिचित थिए । उनले तत्कालिन एमालेवाट प्रदेशसभा सदस्यको लागि चुनाव लडेका हुन् ।

सांसद दीपक मनाङेले फुटबलको नियम थाह नहुनेले पुरानै पारा देखाएरको अध्यक्ष गुरुङको आरोप लगाउंदै भने, ‘दीपक मनाङेले फूटबलको एफ पनि जाँदैन। सभासद् हो दाई भनेर रेस्पेक्ट गरेकै थिए । भोलि मनाङको गेम छ। डे एफ्टर बिफोर भन्ने हुन्छ नि । पाँच छ दिन अघि होटल मिलाइदिनुपर्‍यो रे । उसलाई किन सल्लाह लिएन रे । म नियमभन्दा बाहिर त जान सकिन्न नि । मेरो खल्तीको पैसा भनेर त्यो त हामी गेम भन्दा बहिर जान सकिएन नि ।’ सांसद मनाङेको व्यवहारविरुद्ध अदालत जाने तयारीमा रहेको गुरुङले बताए ।