राजनीति

बरिष्ठ नेता पौडेलले गरे स्पष्टः मैले प्रचण्डसँग काँग्रेसको तर्फबाट कुनै प्रस्ताव गरेको छैन

काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष पुष्पकमल दहालसँग आफ्नो उनको निवासमा भेट भएको बताएका छन् । नेता पौडेलले अध्यक्ष दहालसंग खुमलटारमा भेट भएपनि आफुले काँग्रेसका तर्फबाट कुनैपनि प्रकारको प्रसताव नगरेको स्पष्ट गरेका छन् ।

विभिन्न मिडियाहरुमा रामचन्द्र पौडेलसँग उप-सभामुखका लागि प्रचण्डसँग काँग्रेसलाई दिने सहमती भयो जस्ता कुराहरु आईरहेका बेला काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकका समसामायीक बिषयमा पुर्व निर्धारित निर्णय अनुसार भेट भएपनि औपचारिक प्रस्ताव केही नभएको स्पष्ट पारेका हुन् । उपसभामुखको बारेमा सामान्य कुराकानीमात्र भएको उनको दाबी छ ।

उनले प्रेश विज्ञप्तीमार्फत भनेका छन्,

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज उहाँको निवास खुमलटारमा भेटघाट भएको हो । केहि समय पहिलेदेखिनै भेट्ने कुरा भएपनि म काठमाडौं बाहिर भएकाले फर्केपछि आज भेट्ने मौका जुर्यो । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भयो । समग्रमा सभामुख उपसभामुख चयन लगायतका विषयमा कुराकानी भएपनि विभिन्न सन्चार माध्यमले जनाए जस्तो मैले पार्टीको तर्फबाट कुनै प्रस्ताव राखेको हैन ।