मनोरञ्जन

मङगोलियन हार्ट राजु लामा भन्छन ‘बिहे नगरी भाछैन’ (भिडियोसहित)

काठमाण्डौ । चर्चित गायक राजु लामाको आवाजमा ’बिहे नगरी भाछैन’बोलको गीत सार्वजानिक भएको छ । गीतमा चर्चित सङ्गितकार आर बि लामाको शब्द संगीत रहेको छ ।

गायन क्षेत्रमा चर्चा कमाइसकेका आर बि लामाले शब्द र सङ्गित गरेका मज्जा बेग्लाई छ्, मङसिर महिनामा,डार्लिङ जस्ता थुप्रै गीतहरु हिट छन । गीतमा चर्चित गायक राजु लामाको आवाज,दिपेश प्रधानको मिक्सिङ र स्व. बबी राज घतानिको एरेन्ज रहेको छ् ।

भिडियोलाई बिरेन्द्र भट्टले छायांकन,टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन भने हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन । भिडियोमा मोडल हेरुका लामा,निरान्जली लामा,चादनी मोक्तान र रमन तामाङको अभिनय रहेको छ ।
[youtube https://www.youtube.com/watch?v=SsppPWmKaeY&w=775&h=409]