शिक्षा

सुनौलो भविष्यका निम्ति विद्यार्थी मेहेनती हनु, शिक्षक कटिबद्ध हुनु महत्वपूर्ण: नेता जोशी

पर्सा । पर्सा जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई रोबटिक्स तालिम सम्पन्न भएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानको आयोजनामा पबष्अजय ग्रुप र विज्ञान शिक्षक सङ्घको सह–आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रमबाट करिब ५०० विद्यार्थीले लाभ लिएको प्रशिक्षक आकृत ढुंगेलले जानकारी दिए ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष ,नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य पूर्वमन्त्री नविन्द्रराज जोशीले त्रि(जुद्ध मावि बिरगंजमा कार्यक्रम समुद्घाटन गरेका थिए ।

प्रबिधिकै माध्यमले राष्ट्रको विकास सम्भव भएको भन्दै जोशीले विद्यार्थीहरु भोलिको भविष्य भएको जिकिर गर्दै काचो माटोको जस्तो स्वरुप दियो त्यस्तै मूर्ति बन्छ भन्दै आफ्नो सुनौलो भविष्यका निम्ति विद्यार्थीले मिहेनत गर्नुपर्ने र शिक्षक त्यसमा कटिबद्ध हुनुपर्नेमा जोड दिए । साथै उनले प्राबिधिक शिक्षाका निम्ति राज्य कटिबद्ध हुनुपर्नेमा समेत जोड दिएका थिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पर्सा जिल्ला सभापति अजय द्विवेदी, मकवानपुर जिल्लाका निवर्तमान सभापति रघुरमण न्यौपाने, नेपाल उद्यमशील समाजका अध्यक्ष खगेन्द्र आचार्य, पबष्अजयग्रुपका अध्यक्ष युवा वैज्ञानिक सुमन पौडेल र पबष्अजय ग्रुपका प्रशिक्षकको उपस्थिति रहेको थियोे ।