मनोरञ्जन

छपाकः दिपीकाको सबैभन्दा फ्लप फिल्ममध्येको एक, आइतबारसम्म ३२ करोड

एजेन्सी । भारतीय चलचित्रकी स्टार नायीका दिपीका पादुकोणको फिल्म छपाक सबैभन्दा फ्लप फिल्ममध्यको एक बनेको छ । पादुकोणको उक्त फिल्मले सोचेको जस्तो आम्दानी दिएन मात्रै उनलाई घाटा समेत लगायो । यस चलचित्रमा उनले १२ करोड लगानी पनि गरेकि थिईन ।

दिपीकाले आफनो करिअरमा अहिलेसम्म ३२ वटा चलचित्रमा काम गरेकी छिन् जसमध्य छपाकसहित १० वट चलचित्रमा उनलाई धक्का लाग्यो, फ्लप भएका छन् । उनको चलचित्र छपाक १० दिनमै अस्किृत भयो । १० जनवरीपछि कुनै ठूला फिल्म रिलिज नहुँदासमेत फिल्मले दर्शक जुटाउन सकेन र भारतमा यसको व्यापार आइतबारसम्म ३२।४८ करोड भारु पुगेको छ ।

यसको जानकारी ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटर अकाउन्टमा दिँदै लेखेका छन्, ‘छपाक अस्विकृत भएको छ ।’ दोस्रो विकेन्डको शोमा दर्शकबीच कुनै उत्साह देखिएन । फिल्मले शुक्रबार ९५ लाख, शनिबार १.४० करोड र आइतबार १.७५ करोड भारु सहित अहिलेसम्म कूल ३२.४८ करोडको व्यापार गरेको छ ।

सन् २०१५ मा रिलिज भएको बाजीराव मस्तानी र सन् २०१८ मा रिलिज भएको पद्मावत सुपरहिट भएको थियो तर छपाकले दीपिकाको करियर ग्राफ बिगारिदिएको छ । यतिमात्रै होइन दीपिका यो फिल्मकी सह–निर्माता थिइन् र उनले यसमा १२ करोड लगानी गरेकी थिइन् जसमा उनलाई घाटा लाग्यो ।

दीपिकाले आफ्नो करियरमा अहिलेसम्म २३ वटा फिल्ममा काम गरेकी छिन् जसमध्ये छपाकसहित १० वटा फिल्म फ्लप भए । छपाकले अजय देवगनको फिल्म तान्हाजीः द अनसंग वारियरका कारण पनि क्षती व्यवहोर्नुपरेको हो । १० जनवरीमा नै रिलिज भएको तान्हाजीले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गर्दै १० दिनमा भारु १६० करोडको व्यापार गरेको छ ।