अन्तर्राष्ट्रिय

सिनेटमा आज अमेरिकी राष्ट्रपति ट्रम्पमाथिको महाअभियोगमा सुनुवाई !

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपमाथिको महाअभियोबारे आज सिनेटमा सुनुवाई हुँदै छ । राष्ट्रपती ट्रम्पमाथि युक्रेनलाई आफ्ना प्रतिद्वन्द्वी जो ब्राईडेनमाथि छानबिन गर्न दबाब दिएको र कंग्रेसलाई अबरुद्ध गरेको आरोप छ ।

महाअभियोग सम्बन्धी सुनुवाई आज ( मंगलबार)  स्थानीय समय अनुसर १ बजे हुने बिबिसिले जनाएको छ । सिनेटमा छलफलका क्रममा सिनेटरहरुले दिनको ६ घण्टा र हप्तामा ६ दिन छलफल गर्ने जनाइएको छ । सो सुनुवाइको अध्यक्षता अमेरिकी प्रधानन्यायाधीश जोन रोबर्टसले गर्नेछन् ।

उनको परीक्षण सुरु भएकै बेलामा ट्रम्प भने स्वीटजरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन जानेछन् । मञ्चको बैठक आजदेखि जनवरी २४ सम्म हुँदैछ ।

ट्रम्पको कानुनी टोलीले पेश गरेको १७१ पेज लामो ब्रिफमा राष्ट्रपतिको पूर्ण रुपमा प्रतिरक्षाको प्रयास गरिएको छ । उता अमेरिकी राष्ट्रपति ट्रम्पको कानुनी टोलीले उनलाई महाअभियोग प्रकरणमा अविलम्ब दोषमुक्त गर्न आग्रह गरेको छ ।

सोमबार सो टोलीले पेश गरेको ब्रिफमा महाअभियोगलाई संविधानको खतरनाक विकृतिसमेत भएको जनाइएको छ । यस्तै हाउसका महाअभियोग सम्बन्धी प्रवन्धकले आफ्नो ब्रिफमा ट्रम्प अर्को चुनावका लागि भ्रष्ट गतिविधिमा संलग्न भएको आरोप लगाएका छन् ।