समाचार

आज पनि मुलुकको पश्चिमी भेगका पहाडी र उच्च हिमाली क्षेत्रमा हिमपातः मौसम विभाग

काठमाडौं । पश्चिमी वायु सक्रिय हुँदा आज पनि देशको पश्चिमी भेगका पहाडी र उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौं उपत्यका र मध्य तथा पूर्वी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहने तथा पश्चिम भेगमा भने पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुति पोखरेलले जानकारी दिइन् ।

मौसम बदली भएपनि यसअघि झैं पानी पर्ने सम्भावना भने कम छ। राती भने देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य वदली रहने र पूर्वका केही उच्च स्थानमा हिमपात हुने पूर्वानुमान