पु.समाचार

संग्रौला भन्छन्ः स्वेच्छाचारी, एकाधिकारी ओली सरको कोर्रासामु उपसभामुख लत्रिइन् !

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले सभामुख चयनमा उपसभामुखको पद खोसिएको प्रति ओली सरकारको आलोचना गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत साहित्यकार संग्रौलाले सबै कुरामा योग्य सभामुख बन्न लाएक उपसभामुख हुँदा–हुँदै उनलाई पदमुक्त गर्नु निन्दनीय भएको बताएका छन् ।

उनले योग्यता, क्षमता, रोलक्रम र आकांक्ष सबै दृष्टिले शिवमाया सभामुख बन्न लायक भएको बताए । साथै यसमा उनको दाबी रहेको र व्यापक लोकमत र सहानुभुति भएको पनि बताए ।

साहित्यकार संग्रौलाले हरेक दृष्टिले शिवमाया सभामुख बन्न लाएक भएपनि स्वेच्छाचारी एकाधिकारी ओली सरको कोर्रासामु उनी लत्रिएको बताए ।

उनले आफनो ट्वीटरमा सरकारलाई यसरी व्यंग्य पनि गरेका छन्ः अनुभवसिध्द उखान भन्छ मान्यवर, बोकेको कुकुरले मिर्ग मार्दैन ।

उनको ट्वीटः योग्यता र क्षमता,रोलक्रम र आकांक्षा सबै दृष्टिले शिवमाया सभामुख बन्न लायक थिइन् । उनको दाबी थियो र दाबी पछिल्तर व्यापक लोकमत र सहानुभूति थियो । विडम्बनावश, स्वेच्छाचारी एकाधिकारी ओली सरको कोर्रासामु उनी लत्रिइन् । अनुभवसिध्द उखान भन्छ मान्यवर, बोकेको कुकुरले मिर्ग मार्दैन  !