खेलकुद

रियल मड्रिडले गर्यो ब्राजिली युवा स्टार रिनियरलाई क्लबमा अनुबन्धन

एजेन्सी । स्पेनिस महारथी क्लब रियल मड्रिडले ब्राजिली युवा स्टार रिनियर जिससलाई क्लबमा अनुबन्धन गरेको छ ।

रियलले १८ बर्षका युवा स्टार जिससलाई २६ मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको हो । जिससले स्पेनिस महारथी क्लबसंग ६ बर्षको सम्झौता गरेका छन् ।

उनले गत बर्षमात्र सिनियर स्तरको प्रतियोगितामा फ्लामेन्गोबाट डेब्यु गरेका थिए । क्लबले गत सिजन घरेलु लिग उपाधि जित्दा उनी टिमका महत्वपुर्ण सदस्य थिए । उनको जिवनको नयाँ चरण सफल होस भनेर कामना गर्दछौ ।ु क्लबले भनेको छ ।

जिसस सन् २०१८ मा दुबईमा भएको यू–१६ विश्वकपका सर्वाधिक गोलकर्ता थिए । जहाँ क्लबले फाईनलमा रियल मड्रिडलाई पराजित गरेको थियो । उनले कतारमा क्लब विश्वकप समेत खेलेका थिए ।