राजनीति

शिवमायालाई बधाई दिन कन्जुस्याइँ गर्नु हुन्न- प्रवक्ता शर्मा

काठमाडौं । सोमबार डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले तुम्बाहाम्फेलाई जिम्मेवार प्रस्तुती दिएको बताउँदै बधाई दिएका छन् l

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, `सभामुख हुन हुन सक्षम छु´ अडान दृढ थियो,पार्टीले अर्कै उम्मेदवार तय गरेपछि मार्गप्रशस्त गर्नु जिम्मेवार कर्म l आस्था अलग तर एकल रूपमा परिवार सम्हालेकी,विधावारिधी गरेकी,संघर्षबाट आएकी र संभावना बोकेकी यी चेलि डा शिवमाया तुम्बाहाङफेको …

दृढ तर जिम्मेवार प्रस्तुतिलाई बधाई दिन कन्जुस्याइँ गर्नु हुन्न !

यससँगै प्रतिनिधिसभाले सभामुखको निर्वाचन १२ माघमा हुने भएको छ । सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन १२ माघमा गर्ने सहमति भएको हो ।

प्रतिनिधिसभा बैठक आजै दोस्रो पटक अपरान्ह ४ बजे बस्नेछ । उक्त बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने संसद् सचिवालयले जनाएको छ ।

ज्येष्ठ सदस्यका रूपमा महन्थ ठाकुरले शपथ लिने भएका छन् । दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएपछि ठाकुरकै अध्यक्षतामा सभामुख चयन प्रक्रिया अघि बढाइनेछ ।