गण्डकी प्रदेश

धनराज/गोपालमानको गृहजिल्लामा नेकपामा चरम भ्रष्टाचार बढेको भन्दै झण्डै १०० जना काँग्रेस प्रवेश

स्याङ्जा । नेपाल मुस्लिम संघको एक कार्यक्रममा झण्डै १०० नेकपाका कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् । नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा चरम भ्रष्टाचार बढेको आरोप लगाउँदै ७६ जना नेकपाका नेता कार्यकर्ताले नाम लेखाएर काँग्रेस प्रवेश गरेको आयोजकको दाबी छ । त्यसमा केही नाम लेखाउन नभ्याएका गरी १०० जनाको हाराहारीमा काँग्रेस प्रवेश गरेको दाबी आयोजकको छ ।

आयोजक संस्था संघका अध्यक्ष अब्दुल सत्तारका अनुसार कांग्रेस प्रबेश गर्नेहरुमा मोहम्मद रहिम, शुभान निसा, अनुर खाँन, मुन्दुर दिन, हबिब मिया ल्याकत लगायतकबा स्याङ्जामा नेकपाका अगुवा नेता कार्यकर्ताको हैशियत बनाईसकेका छन् ।

नेपाल मुस्लिम संघ स्याङ्जाको तेस्रो जिल्ला अधिबेशनले अलि मियाँ (मुमु) को अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन गरेको उक्त कार्यक्रममा उपाध्यक्षमा अहमद अलि मियाँ (रमजान), सचिबमा हा. महमद करीम, सहसचिबमा साहेरा वानु, कोषाध्यक्षमा इमाम मोहम्मद सरीफ र सहकोषाध्यक्षमा मुवारक अलि चयन भएको बताईएको छ । विश्व राजनीतिमा समेत महत्वपुर्ण प्रभाव पार्ने काँग्रेसको महत्वपूर्ण भोट बैंकको रुपमा रहेको मुश्लिम समुदाय नेपालको इतिहासमा नै राष्ट्रलाई महत्वपूर्ण योगदान दिने समुदायमा पर्दछ ।

सदस्यमा निर्बाचित हुनेहरुमा रहि बक्स मियाँ, मौलाना आजाद, मोहम्मद अमिन, रमजान मियाँ, साविर दिन मियाँ,मोहम्मद ईक्वाल, सरफराज अलि छन्। कार्य समितिका अन्य सदस्यमा अहमद हुसेन,रमजान अलि, फरिदा खातुन, मुनुरदिन मियाँ, निजामदीन मियाँ, अयुव अलि,अहमद मियाँ, ताज मोहम्मद मियाँ,मोहमद अलि(इमाम(,अब्दुल अलि,मोहम्मद साहिद र मुन्नी नीसा छन् । नवनिर्बाचितलाई नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाश सरण महत, केन्द्रीय सदस्य पर्मुला मन्सुर लगायतका नेताहरुले बधाई दिँदै नव प्रवेशीहरुलाई काँग्रेसमा स्वागत समेत गरेका थिए । नेपालमा ७७ जिल्ल मध्ये बौद्धिकहरुको जिल्ला भनेर चिनिने
स्याङ्जा केन्द्रीय नेता गोपालमान श्रेष्ठ, नेपालीहरुमाझ लोकप्रीय काँग्रेस नेता धनराज गुरुङको गृहजिल्ला समेत हो ।