प्रवास

भारतमा नेपाली दलितहरुले मनाए माघि मेला

काठमाडौं । भारतमा रहेका दलित नेपालीहरुले माघि मेला विविध सांस्कृतीक कार्यक्रमका  भव्यताका साथ मनाएका छन् । नेपालको संस्कृतिको जर्गेना गर्ने उदेश्यले युवाहरुको समुह मिलेर माघि मेला साथै सस्कृत कार्यक्रमको आयोजना गरेका थिए ।

विभिन्न कलाकारका साथमा १९ तारिख अर्थात आईतबार उक्त कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुतिले मनाप्रदान गरेका थिए । उक्त कार्यक्रममा सहभागीहरुले नेपालका अधिकाङ्स दलितहरुले आफना बाजे पुर्खाको संस्कृति भुल्दै गएकाकारण गाउँघरमा मौलिकता हराउँदै गएको मा दुःख व्यक्त गरेका थिए ।

साथै अधिकाङ्स दलित हरु मौलिकतालाइ बिर्षेर बिदेसि सिको गर्दै आफ्नो पहिचान र सस्कृतिलाइ विर्सनु अहिलेको युवाहरुमा भएको एक बाधक समस्याका रुपमा देखा परेको बताएका थिए ।

साथै उनिहरुले दलितको नाममा सरकारले बिभिन्न आरक्षणहरु छुट्याएपनि टाँठा–बाठाले मात्रै त्यस्को फाईदा लिएको बताएका थिए । पैसावाला र धनिमानिको छोरी बालात्कार हुँदा सरकाररै हल्लिएपनि दलित भएकै कारण आफ्ना छोरीहरु बलात्कृत हुँदा उक्त घटना सेलाउने गरेकोमा दुःख व्यक्त गरे ।

साथै दलितमाथि भएका थिचोमीचो र लुकेररहेका आवाजलाई बाहिर ल्याउन यस्ता कार्यक्रमहरु नेपालमा पनि आयोजना गर्ने बताएका थिए ।