पु.समाचार

अबरुद्ध प्रतिनिधिसभा बैठक आजदेखीः सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने

काठमाडौं । सभामुख चयनमा बिबाद हुँदा रोकिएको प्रतिनिधिसभा बैठक आजदेखी सुरु हुने भएको छ । आईतबार सभामुखका लागि उम्मेदवार टुंगो लगाएसंगै आज दिउँसो १ बजे प्रतिनिधिसभा वैठक बस्ने जनाईएको छ ।

सत्तारुढ दल नेकपामा सभामुख को बिसयमा लामो बिबाद समाधान भएसंगै अब भने संसद बैठकले निकास पाउने भएको छ । यौन र्दुव्यवहारको आरोप लागेर निवर्तमान सभामुखले राजिनामा दिएसंगै सभामुख बिहिनको संसद भएको छ । यता उपसभामुख सिवमाया तुम्बाहम्फेले राजिनामा नदिने दाबी गर्दा नेकपा भने तुम्बाहाम्फेलाई राजिनामा गराएर आफ्नो दलबाट सभामुख बनाउन चाहदा बिबाद भएको थियो ।

सत्ताधारी (नेकपा) ले सभामुखको उम्मेदवार चयन गरेसँगै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आजदेखि अघि बढ्ने भएको हो । यसअघि नेकपाले सभामुखको उम्मेदवार तय नगरेका कारण रिक्त सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको थिएन ।

सभामुख वा उपसभामुखमध्ये एउटा पदमा दाबी गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले भने हालसम्म आफ्नो उम्मेदवारबारे टुङ्गो लगाएको छैन । गत पुसको पहिलो साता बसेको प्रतिनिधि सभाको बैठक त्यसयता सूचनाकै भरमा सर्दै आएको थियो।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा संसद् बैठक प्रभावित हुँदै आएको थियो । नेकपाको सचिवालय बैठकले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय आइतवार गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढ्ने भएको हो।

संसद् सचिवालयले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने सबै तयारी पूरा भएको जनाएको छ । सभामुख र उप(सभामुख फरकफरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण निर्वाचन प्रक्रिया अगाडि बढाउन उप(सभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिनुपर्ने हुन्छ ।

सचिवालयको निर्णयबाट असन्तुष्ट रहेकी भनिएकी उनले अध्यक्ष ओलीलाई भेटेर छलफल गरे पनि आफ्नो राजीनामाबारे सार्वजनिक रूपमा केही बताएकी छैनन् । तर नेकपा महासचिव विष्णु पौडेलले भने, उप(सभामुखले राजीनामा गर्ने अपेक्षा छ । दुई मध्ये एउटा पदमा दाबी गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले पनि निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि मात्रै उम्मेदवारबारे निर्णय गर्ने जनाएको छ।