सामाजिक सञ्जाल

कमल थापाको ठोकुवा, आयोगमा पार्टीगत भागवण्डाको नियुक्तिले द्वन्दपीडिलाई न्याय दिदैनन् !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आयोगमा भएको  पार्टीगट नियुक्तिले द्वन्दकालका पीडितलाई न्याय नदिने दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले पार्टीगत भागवण्डाको आधारमा नियुक्ति पाउने सत्य निरुपण र वेपत्ता आयोगले द्वन्द्वकालका पिडितहरुलाई न्याय दिन नसक्ने बताए ।

साथै थापाले तत्कालिन विद्रोही र शासक दुवै एकाकार भएर राज्यशक्ति कब्जा गरी बसेर ब्रम्हलुट मच्चाईरहेको बताएका छन् । उनले अगाडी  आफनो ट्वीटरमा अगाडी लेखेका छन् प्रमुख प्रतिपक्ष स्वयं भागवण्डा पाएर चुप छ । पिडित जनता निरिह बनेका छन् ।

 

उनको ट्वीटः पार्टीगत भागवण्डाको आधारमा नियुक्ति पाउने सत्य निरुपण र वेपत्ता आयोगले द्वन्द्वकालका पिडितहरुलाई न्याय दिनसक्दैन। तत्कालिन विद्रोही र शासक दुवै एकाकार भएर राज्यशक्ति कब्जा गरेर बसेका छन्,ब्रम्हलुट गरिरहेका छन्।प्रमुख प्रतिपक्ष स्वयं भागवण्डा पाएर चुप छ।पिडित जनता निरिह बनेका छन्