अन्तर्राष्ट्रिय

चीनको शहरी जनसङ्ख्या ६०.६ प्रतिशत

एजेन्सी । चीनको कुल जनसङ्ख्याको ६०।६ प्रतिशत शहरी क्षेत्रमा बसोबास गर्दै आएका चीनको आधिकारिक तथ्याङ्कले देखाएको छ । तथ्याङ्क सन् २०१८ को तुलनामा १।२ प्रतिशतले बढेको देखिएको छ ।

सन् २०१९ को अन्त्यसम्ममा चीनको शहरी क्षेत्रमा कुल ८४ करोड ८४ लाख ३० हजार जनसङ्ख्या रहेको छ भने गाउमा ५५ करोड १६ लाख २० हजार देखिएको राष्ट्रिय तथ्याङ्क विभागले आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चीनको शहरी जनसङ्ख्यामा अघिल्लो वर्षभन्दा एक करोड ७० लाख बढेको छ भने गाउँको जनसङ्ख्या एक करोड २० लाख ३९ हजार घटेको विभागले बताएको छ ।

चीनको मध्य तथा पश्चिमी क्षेत्रमा गाउँबाट शहर पस्ने दर अत्यधिक रहेको छ भने यो दर पूर्वी तथा उत्तरी क्षेत्रमा तुलनात्मकरूपमा घटेको छ ।

चीनले भौगोलिक विकटताका कारण गरिबीको रेखामूनि बाँच्न बाध्य आफ्ना नागरिकलाई पछिल्ला केही वर्ष यता एकिकृत वस्ती निर्माण गर्ने र आधारभूत सार्वजनिक सेवा र सामाजिक सुरूक्षाको प्रत्याभूत गर्ने योजनाहरूमार्फत् व्यवस्थित शहरीकरणलाई प्रवद्र्धन गर्ने रहेको छ ।