पर्यटन/संस्कृति

पर्यटन बोर्डको सिईओका लागि तीनजाना सिफारिस, रेग्मी, बास्ताकोटी र ऐर मध्ये को छानिएलान् त?

काठमाडौं । पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा तीनजनाको नाम सिफारिस भएको छ । पर्यटन बोर्डका बर्तमान प्रमुख दीपक राज जोशीले खुल्ला प्रतिष्पर्धामा आएपनि उनको नाम तीनजनाभित्र अटाउन सकेन । पहिलो नम्बरमा परेका डा धनन्जय रेग्मीको पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत बन्ने सम्भावना बलियो देखिएपनि दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरपनि पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत बन्ने प्रवल दाबेदारभित्रै पर्दछन् ।

चार बर्षे कार्यकाल पुरा गरेका जोशी अन्तिम समयमा आएर भ्रष्टाचारको आरोपमा छन् । उनी आफु पुनः पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत बन्नेमा झण्डै ढुक्क थिए । उनको रेस तीनजनाभित्र नपरेपछि यही समाप्त भएको छ । पुर्व प्रमुख कार्यकारी अधिकृत सुभास निरौला भ्रष्टाचारको आरोपमा निलम्बनमा परेपछि ४ बर्ष अगाडी दीपक जोशी बोर्डको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

नरम स्वभावका जोशी सबैसंग लोकप्रीय भएपनि बोर्डलाई गतीदिन खासै नसकेको भन्दै मन्त्री योगेश भट्टराई समेत सन्तुष्ट नभएको दाबी मन्त्री निकटका ब्यक्तीहरु बताउछन् । पोखराका बासिन्दा रहेका डा धनन्जय नेकपा निकट समेत भएकोले उनको लाईन अलि अगाडी देखिएको छ ।

१० जनाको रेसमा परेका जोशी ३ जनाभित्र भने पर्न सकेनन् । तीनजना मध्ये एकजना पर्यटन बोर्डको प्रमुख बन्ने निश्चित देखिएपनि को बन्ला भन्ने ठोकुवा भने गर्न सकिने अवस्था अहिले नै छैन । पर्यटन बर्ष चलिरहेका बेला पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतको भुमिका भने महत्वपूर्ण नै हुन्छ ।