समाचार

अदालतले न्याय दिएपछि रवि लामिछाने न्याय मरेको छैन भन्दै यसरी भए भावुक (भिडियोसहित)

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले आरोपी तीनै जनालाई सफाइ दिएपछि पत्रकार रवि लामिछाने पत्रकारहरु सँग कुरा गर्दै आफूलाई अतिधेरै माया, साथ, सहयोग र समर्थन जीबन पाउछ भनेर नसोचेको भन्दै खुसी व्यक्त गरेका छन् ।

पत्रकार लामिछानेले अदालतले गरेको निर्णयले संसारभर छरिएर रहेका नेपालीहरु खुसी भएको बताएका छन् । पत्रकार लामिछाने भनेका छन्, “हाम्रो लागि न्याय माग्दा कति मानिसहरु घाइते भएका छन् कतिको स्वास्थ्य सुधार भएको छैन उनीहरुमाथि स्वासथ्य लावको कामना गर्न चाहन्छु विशेषगरी संचारकर्मीहरुलाई धन्यवाद छ यस घटनाको एक-एक कुराहरु संसारभर पुर्याउन सहयोग गर्नु भएको छ ।”

पत्रकारहरुसँग बोल्दै एक ओकिलले कानुन आफैँ गलत नभएको र गलत प्रयोग भएको बताए । प्रमाणका आधारमा उनीहरुले न्याय पाएको बताए ।

गत साउन २२ गते नारायणगढ बसपार्कमा रहेको कङ्गारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए । पुडासैनीको सोही भिडियो बयानका आधारमा प्रहरीले न्यूज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई साउन ३० गते काठमाडौँबाट पक्राउ गरी चितवन ल्याएर मुद्दा दायर गरेको थियो । सोही क्रममा कार्कीलाई पनि पक्राउ गरिएको थियो । भदौ ९ गते न्यायाधीश रावल कै इजलासले लामिछाने र कँडेललाई धरौटीमा र कार्कीलाई सादा तारेखमा रिहा गरेको थियो । लामिछानेलाई रु पाँच लाख र कँडेललाई रु तीन लाख धरौटीमा रिहा गरिएको थियो । जिल्लाको आदेशपछि लामिछाने उच्च अदालत पुग्नुभएको थियो । उच्चले पनि पुडासैनीको आत्महत्या बारेमा जिल्लाकै आदेश सदर गरेको थियो ।