आर्थिक

महालक्ष्मीविकास बैंक र ईसेवाफोनपेबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । महालक्ष्मी विकास बैंक र ईसेवाफोनपे प्रा. लि. बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतामा उल्लेख भएबमोजिम ग्राहकहरुले ईसेवाफोन पेका एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्नेछन । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ ।

उक्त सम्झौता पत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र ईसेवाफोनपे प्रा. लि.को तर्फबाट प्रमुखकार्यकारी अधिकृतश्री सुभास सापकोटाले हस्ताक्षर गरेका छन् । बैंकले आगामी दिनमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न सदातत्पर रहने कुरा जनाएको छ ।