पर्यटन/संस्कृति

वायु सेवा नियमका कार्यकारी अध्यक्ष खरेलले असक्षमको पगरीसहित दिए राजीनामा

काठमाडौं । २०७० सालमा असक्षम हँदै नियुक्ती भएको एक बर्षमा राजीनामा दिएका नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बर्तमान कार्यकालमा पनि असक्षम हुँदै आज पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका छन् ।

योगेश भट्टराई पर्यटन मन्त्री भएपछि सरकारले दिएको जिम्मेवारी पुरा गर्न नसके राजीनामा दिन दिएको सुझाव अनुसार वाईडबडी संचालन तथा वायु सोवा निगम सुधारका लागि काम गर्न नसकेपछि आज राजीनामा बुझाएका हुन् । प्रधानमनत्ती केपी शर्मा ओलीको गृहजिल्ला झापाका बासिन्दा भएको भरमा नियुक्ती पाएका खरेललाई एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नै विरोध गरेका थिए । प्रधानमन्त्तीले वायु सेवा निगमले काम गर्न नसकेको आरोपमा खरेललाई गाली गरेका थिए ।

प्रधानमन्त्तीको आरोपपछि तनावमा भएका खरेल केही समय विदामा बसेका थिए । नेकपाका आशलाग्दा युवा योगेश मन्त्री भएपछि खेरललाई झन सकस परेको स्पष्ट देखिन्थ्यो ।