राजनीति

काँग्रेसले दियो ओली सरकारलाई ७७ वटै जिल्लाबाट विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाली काँग्रेसका ७७ वटै जिल्ला कार्यसमितिको अगुवाईमा ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सूचना बिधेयक लगायतको बिरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ ।

पुर्व योजना अनुसार काँग्रेसले काठमाडौं लगायतका देशभरका जिल्ला प्रशाशन कार्यालयमार्फत आज कार्यालय खुलेपछि प्रधानमन्त्रीलाई बिरोधपत्र बुझाएको हो । बिरोधपत्र बुझाउँदा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघ लगायत काँग्रेस भातृसंस्थाका बिभिन्न नेता कार्यकर्ताहरुको बाक्लो उपस्थििति भएको थियो । काँग्रेसले सरकारले ल्याउन लागेको सूचना बिधेयकमा ५ बर्ष जेल र १५ लाख जरिवानाको व्यापक बिरोध गर्दै आएपछि लिखित रुपमा जिल्ला तहबाटै बिरोध जनाएको यो पहिलो हो।

आज काँग्रेसले सरकारले ल्याउन लागेको बिधेयक फिर्ता नलिए देशब्यापी बिरोधमा उत्रिने संकेत काँग्रेसले दिएको छ । काँग्रेसलाई राप्रपा, साझा पार्टी, राजपा, संघीय समाजबादी लगायतका राजनीतिक दलहरुले साथ दिईरहेका छन् भने सत्तारुढ दलका अधिकाँस नेताहरु पनि सूचना बिधेयकको विपक्षमा देखिएका छन् । काँग्रेसले आज सरकारलाई चेतावनीस्वरुप जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र दिएको सभापतिहरुले बताएका छन् ।