पु.समाचार

काठमाडौंले अनुमति दिएपछि प्रहरीमाथी दुब्र्यवहार गर्ने आस्था राउत केहीबेरमा प्रहरीद्वारा पर्दैछिन् पक्राउ

काठमाडौं । त्रिभुवन बिमानस्थलमा प्रहरीमाथी अभद्र व्यबहार गरेको आरोपमा कलाकार आस्था राउतबिरुद्ध पक्राउ गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । राउतले केहीदिन अगाडिमात्र आफुमार्थी प्रहरीले दुर्व्यवाहार गरेको भन्दै उल्टै आक्रोस पोखेपछि प्रहरीले सिसिटिभी फुटेजमार्फत उनले गरेको व्यबाहारको भिडियो सार्बजनिक गरेको थियो । गायीका राउतले चेकिङमा बसेकी महिला प्रहरीलाई हेपेको भिािडोमा देखिने प्रहरीले आरोप लगाएको छ ।

अब केहीछिनमा आस्था राउतलाई पक्राउ गरी कारबाही चलाईने देखिएको छ । आफुमाथी दुव्यवहार भएको भन्दै पछि पनि आस्था राउतले फेसबुकमार्फत टिप्पणी गरेकी थिईन् । उनले आफूले प्रहरीलाई डण्ठे भनेको पनि उक्त लाईभमार्फत गरिएको कुरामा स्वीकारेकी थिईन् । केहीबेरमा प्रहरीले आस्थालाई पक्राउ गर्ने प्रहरी स्रोतको दाबी छ ।