आर्थिक

बज्राचार्य बने पुनः ४ बर्षकालागि प्रभू ईन्स्योरेन्सको कार्यकारी अधिकृत

काठमाडौं । एमबीए अधययन गरेका पुभु ईन्स्योरेन्सका सिईओ संचित बज्राचार्यको पदावधी चार बर्षका लागि ब्यवस्थापनले थप गरेको छ । पौष मसान्तमा सकिएको म्याद पुनः ४ बर्षका लागि थप गरिएको बताईएको छ ।

प्रभू ग्रुपको सहकार्यमा स्थापना भएको प्रभू इइन्स्योरेन्सलाई माथी पुरुयाउन बज्राचार्यले भूमिका खेलेको ठान्दै इन्स्योरेन्सको संचालक समितिले उनको काम गर्ने समय थपेको हो । काठमाडौको गौसालामा जन्मिएका बज्राचार्य ब्यवस्थापनमा अब्बल मानिन्छन् । प्रभू ग्रुपको ननलाईफ ईन्स्योरेन्सको रुपमा प्रभू ईन्स्योरेनस रहेको छ ।