राजनीति

जनताको रगतमा होली खेल्ने छुट् पुष्पकमल दहाललाई छैनः नेता गुरुङ

खोटाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले नेपाली जनताको रगतमा होली खेल्ने अधिकार कसैलाई नभएको बताएका छन् । उनले नेकपा अध्यक्ष पुष्पकमल दहालले केहीदिन अगाडी टुंडिखेलको एक कार्यक्रममा बोल्दै आफूले १७ हजार नभएर पाँच हजार मान्छे मारेको भनेर दिएको अभिब्यक्तीको प्रत्युत्तर सहित खोटाङको चिसापानीमा शहिद हर्क ब.राईको १८औं स्मृति कार्यक्रममा बोल्दै ‘व्यक्तिको हत्या गरेर विचारको हत्या गर्न सकिंदैन।’ भनेका छन् ।

१० बर्षे जनयुद्धका समयमा तत्कालीन भूमिगत माओबादीका कारण १७ हजार मान्छे मारिए भन्ने पश्न उठेको बिषयलाई नेकपा अध्यक्ष पुष्पकमल दहालले आफूले पाँच हजारको मात्र जिम्मा लिने बताएका थिए । नेता गुरुङले यति हजारको मैले मारे उति हजारको अर्कोले मार्यो भन्दै जनताको रगतमा होली खेल्ने छुट् कसैलाई नभएको कडा अभिब्यक्ती नेता गुरुङले दिएका छन् । नेता गुरुङले काँग्रेस एकढिक्का भएमा कसैले पनि हराउन नसक्ने ठोकुवा गर्दै राजनीतिक आडमा हुने अपराधलाई अन्त्य नगरेसम्म देश र जनताको भलो हुन नसक्ने दाबी गरेका थिए ।