समाचार

काठमाडौंको बाटो साईकल चलाउनेका लागि सजिलो हुनुपर्योः लीलामणि पौडेल

काठमाडौ । पुर्व मुख्यसचिव लिलामणि पौडेलले काठमाडौंका सडकहरु साईकल मैत्री नभएको बताएका छन् । उनले आफूले सिंहदरबारमा मुख्यसचिव हुँदाको अनुभव सुनाउँदै आफ्नो घर चण्डोलबाट आफू हप्ताको एकदिन सिंहदरबार आउँदा साईकलमा आउने गरेको समयमा फर्किदा आज त सुरक्षित आईएछ भनेर सोच्ने गरेको बताएका छन् ।

कुटनीतिक रुपमा चीनका राजदूतको अनुवभ समेत भएका पौडेलले काठमाडौका सडक साईकल चढ्न सुरक्षित हुनुपर्ने विचार व्यक्त गर्नेतिर संकेत गरेका छन् । शनिबार होस् या कार्यालय समय पेट्रोलको अभाव कम गर्न होस् वा सवारी चाप घटाउन वा मानिसलाई स्वस्थ्य राख्न साईैकल चढ्ने मानिसको संख्या बढाउन साईकल मैत्री रोड हुनुपर्ने माग सर्बत्र उठीरहेका बागमती अभियान्ता समेत रहेका पौडेलले साईकल मैत्री सडकको कुरा उठाएका छन् । उनले साइकल राइडर डा समीर मणि दिक्षितसंगको प्रसंगबस कुराकानीमा जोडेर अनुभब बताएका हुन् ।

उनको स्टाटस: झण्डै तीन वर्ष चण्डोलबाट सिंहदरवार सातामा एक दिन साइकलमा आउजाउ गर्दाको अनुभवमा काठमाडौको सडक साइकल चढ्न एकदमै असुरक्षित छ। साइकल चढेको हरेक दिन घर पुगे पछि आज त सुरक्षित आइयो जस्तो हुन्थ्यो।

 

 

पुर्व मुख्यसचिव आफू मुख्यसचिव हुदा नभएर सचिव हुदा साइकल चढेको र पछी असुरक्षामहशुस गरेर छाडेको प्रतिक्रिया दिएका छन् उनले सुर्यखबरसमाचार पढेपछि उक्त प्रतिक्रियादिएका हुन् . उनको प्रतिक्रियाजस्ताको तस्तै:

‘साइकल यात्रा म सचिव हुंदाको समयको हो । अन्तराष्ट्रिय वातावरण दिवस २००८ बाट शुरु गरी २०११ सम्म निरन्तरता दिएँ। पछि सुरक्षित महसुस भएन र छोडिदिएँ।’