पर्यटन/संस्कृति

शुभ शनिबारः नाट्टाको अध्यक्षमा गुरागाईंसहित काँग्रेस प्यानलै विजयी

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को अध्यक्षमा कांग्रेस समर्थक अच्युत गुरागाईं निर्वाचित भएका छन् । नाट्टाको शुक्रबार राति सम्पन्न मतगणनामा १५० मत प्राप्त गरी गुरागाईं निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा समर्थक भीमप्रसाद पन्तले १२६ र मिहिका धाख्वाले १०९ मत प्राप्त गरेका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधीरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी सहित अधिकांस लोकतान्त्रिक प्यानालबाट निर्वाचित भएका हुन् ।

यस्तै सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजङ्ग पाण्डे विजयी भएका हुन् । शुक्रबार सम्पन्न मतदानमा ४०५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

नाट्टाका नवनिर्वाचित अध्यक्ष गुरागाईं पुराना पर्यटन व्यवसायी हुन् । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गर्नुभएका गुरागाईं करिब २७ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशील छन् । नाट्टाको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका गुरागाईंले सन् २०१९ मा लुम्बिनीमा सम्पन्न बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टको संयोजक भएर काम गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष गुरागाईंले निर्वाचनमा पार्टीगत रुपले राजनीति गर्ने नभई पर्यटन प्रवद्र्धधनमा टेवा पु¥याउने समूहले जीत हासिल गरेको बताए । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन नाट्टाको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।