पु.समाचार

मुलुकभारको मौसम अब विस्तारै खुल्दै जाने यस्तो छ जानकारी (विस्तृतमा)

काठमाडौं । बिगत तिन दिन देखीको लगातारको वर्षा अब भने केही हट्ने भएको छ । देशभरीकै मौसम अब बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

शुक्रबार र बिहीबार देशभरी कै मौसम बदलीसँगै वर्षा र हिमपात गराएको प्रणाली कमजोर बन्दै गएकाले शनिबारदेखि मौसम खुल्दै जाने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् ।

तर शनिबार आज पनि देशका थोरै ठाउँमा हल्का पानी र हिमपातको संभावना भने रहेको उनले बताए । उनका अनुसार शनिबार पानी परे पनि एकैछिन परेर रोकिनेछ ।

अहिले देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली भई धेरै ठाउँमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । काठमाण्डौ आसपास पहाडी क्षेत्रमा लागेको हुस्सु ९ बजेसम्ममा हटे पनि तराईमा लागेको हुस्सु हट्न समय लाग्ने मौसमविद् कँडेलको अनुमान छ ।

गएको २४ घण्टामा देशभरी नै पानी परेको छ । सबैभन्दा धेरै वीरेन्द्रनगरमा ६० मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।