आर्थिक

सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश बैंक खातामा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नगद लाभांश शेयरधनी महानुभावको बैंक खातामा जम्मा गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा पौष २९गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो ।

बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले पुस १५ गतेदेखि पुष २९ गतेसम्म बुक क्लोज गरेको थियो । यस अनुसार २०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको छ ।

हालसम्म लाभांश प्राप्त नगर्नु हुने शेयरधनी महानुभावहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउनु हुन तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउनु हुन समेत जानकारी दिए । बैंकको शेयर रजिष्ट्रार एन आई बिल क्यापिटल लिमिटेड रहेको छ ।