समाचार

भ्रमपूर्ण समाचार प्रति म्युजिक नेपालको गम्भिर ध्यानाकर्षण

काठमाडौं । म्युजिक नेपालले आफ्नो बारेमा केहि संचार माध्यममा भ्रमपूर्ण समाचार प्रकाशन भएको भन्दै उक्त समाचारप्रति ध्यानाकर्षण गराएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै भ्रमपूर्ण समाचार प्रकाशन र सोही समाचारलाई फेसबुक आदि सामाजिक संजालमार्फत नियोजित रुपमा गरिएको टिप्पणी बारे म्युजिक नेपालले गम्भिर ध्यानाकर्षण गराएका छन् ।

नेपालले आफुले प्राप्त गर्ने आम्दानीवाट सदैव संबन्धित सम्झौताका पक्ष श्रष्टा-कलाकारहरुलाई उपलब्ध गराउने रोयल्टी वा हिस्सा रकम सम्झौता बमोजिम नै भुक्तानी गर्दै आएको उक्त विज्ञप्तिमा उल्लेख छ ।