समाचार

राष्ट्रपतिले भेटिन् जापानी उपमन्त्रीलाई, आपसी हित र चासोका विषयमा छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोसँग आज शिष्टाचार भेटवार्ता गरेकी छिन्।

शुक्रबार राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।