समाचार

रहेनन् गिनिज बुकमा रेकर्ड राखेका विश्वकै होचा खगेन्द्र थापामगर

काठमाडौं । विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुकमा रेकर्ड राखेका  खगेन्द्र थापामगरको आज(शुक्रबार) निधन भएको छ ।

बागलुङका थापामगरको  उपचारका क्रममा आज दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि आइसीयूमा बसेर उपचार गराइरहेका थापामगरको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको स्रोतले जनाएको छ ।

बागलुङ धुल्लुवासकोट ६ का खगेन्द्रको जन्म वि.स. २०४९ अजोज १८ गते भएको थियो । २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका उनको उचाइ ५७ सेन्टिमिटर अर्थात् २ फिट २ इन्च रहेको थियो ।

Image may contain: 1 person, eating, sitting, drink, child and food

Image may contain: 1 person, sitting and camera