समाचार

उपत्यकाका चोक चोकमा ‘ट्राफिक बत्ती’, ट्राफिकको सह्रानीय कार्य देखेर जनताले दिन थाले धन्यबाद

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको समन्वयमा लामो समयदेखि बन्द रहेका उपत्यकाका आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा आएको हो । पछिल्लो समयमा ट्राफिक प्रहरी कार्यालय काठमाडौंले सडकलाई जाममुक्त गर्न महानगरपालीकासँगको समन्वयमा गरेका कार्यहरु सह्रानीय देखिएका छन् भने सडक बत्ती र सडकमा सवारीचालकलाई सहजहुनेगरी राखिएका बोर्डहरुले जनताको मन जितेको स्थानीयहरु बताउँछन् । ट्राफिकमा एसएसपी भीम ढकाल आएपछि उनले गलत रुपमा पार्कीङ गर्ने जोकोहीलाई कारबाही गर्ने अभियान चलाएपछि सडकहरु खुलला हुन थालेका छन् । बुद्धीजिवी तथा चेतना भएका नागरिकले प्रहरीलाई धन्यबाद समेत दिन थालेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने, गौशाला र ललितपुरको महापालमा ट्राफिक लाइट पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए ।

“अबको केही दिनमै मित्रपार्क, कालीमाटी, टङ्केश्वर, परोपकार र पुल्चोकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याउँछौँ”, उनले भने । प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकले ट्राफिक व्यवस्थापनमा चासो दिएसँगै १३ वर्षपछि उपत्यकाको चोकमा ट्राफिक बत्ती जडान गरिएको महाशाखाले जनाएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक बत्ती जडानले सहयोग पुग्ने महाशाखा प्रमुख ढकालको भनाइ छ ।

नेपालमा पहिलो पटक विसं २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुनधारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । त्यसपछि जापान सरकारको सहयोगमा विसं २०५८ मा ट्राफिक बत्ती जडान गरिए पनि पछिल्लो समय बिग्रिएको थियो ।