प्रवास

आबुधाबी बस दुर्घटनामा मृत्यु हुने सबै नेपालीको पहिचान् खुल्यो (विस्तृतमा)

काठमाडौं । बिहिबार (युएई) को आबुधाबीमा भएको बस दुर्घटना मृत्यु हुनेमा नेपालीहरु पनि रहेको पुष्टि भएको छ । बिहिबार आबुधाबीमा २४ जना सवार बस लरीमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि ६ जनाको मृत्यु भएको थियो जसमा ३ जना नेपाली परेको नेपाली दुतावासले जनाएको छ । भने अन्य तिन जना अरु देशका नागरीक रहेका छन् । दुर्घटनामा परि १४ जना नेपाली घाईते भएका छन् ।  

एमबीएम कम्पनीमा कार्यरत कर्मचारी बोकेको गाडी बिहिबर बिहान अल रहा भन्ने स्थानमा गुडिरहेको लरिमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुने सबै नेपलीको सनाखत भएको छ जसमा सबै महिला रहेका छन् ।

मृत्यु हुनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र असिमा मोक्तान तामाङ रहेको नेपाली दुतावास आबुधाबीले जानकारी दिएको छ । तामाङको भने ठेगाना खुल्न बाँकी छ ।

यस्तै दुर्घटनामा परि सबैभन्दा धेरै नेपाली महिलाहरु घाईते भएका छन् । घाईते हुनेहरुमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई रहेको बताईएको छ ।

यस्तै ईलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह, चापागाउँ ललितपुरकी कमला नेपाली, दाङ घोराहिकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा रहेक छन् । सुजलाको पनि ठेगाना खुलेको छैन ।

उक्त बसमा चालक सहित २४ सवार थिए जसमा २३ जना महिलामात्र थिए । दुर्घटको जानकारी पाउना साथ नेपाली दुतावासका प्रतिनिधि उपचाररत घाईतेलाई भेट्न पुगेका थिए ।