राजनीति

वीपीले आलोचना गर्न लगाउनु सही, प्रधानमन्त्रीले सम्पादकसंग आफ्नो प्रशंसा खोज्नु हास्यास्पदः नेता घमिरे

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली प्रशंसाको भोको भएको आरोप लगाएका छन् ।  नेपाली काँग्रेसको विद्यार्थी भातृसंस्था नेपाल विद्यार्थी सँघका पुर्व अध्यक्ष समेत रहेका काँग्रेस युवा नेता घिमिरेले संस्थापक नेता एबम् महामानव वीपी कोईरालाले पैसा दिएर पत्रकारहरुलाई आफ्नो गलत कुराको आलोचना गर्न लगाएको घटना स्मरण गर्दै प्रधानमन्त्रीको आलोचना गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सम्पादकहरुसंग सरकारको प्रशंसा गर्ने मुटु नभएको भन्दै दिएको केहीदिन अगाडीको सार्बजनिक अभिब्यक्रीप्रति नेता घिमिरेले टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले केहीदिन अगाडीको एक कार्यक्रममा सम्पादकहरु सरकारले गरेका राम्रा कामको तारिफ गर्न डराएकाले उनीहरुको मुटु नभएको भन्दै दिएको अभिब्यक्तीको सर्बत्र आलोचना हुदै गएको छ । यस बिषयमा प्रधानमन्त्री ओलीले केही बोलेका छैनन् । उनले प्रधानमन्त्रीको अभिब्यक्ती गलत र हास्यास्पद भएको संकेत गरेकामात्र छैनन् माथिल्लो पदमा भएकाले पत्रकारसंग प्रशंसा भन्दा आलोचना खोज्नु सही हुने विचार समेत दिएका छन् ।

नेता घिमिरेको स्टाटस्ः बीपी कोइरालाले सम्पादक मदनमणि दीक्षितलाई मासिक रूपमा पैसा दिएर आफ्ना र सरकारका कमिकमजोरी औल्याउन प्रोत्साहित गरेको इतिहास भएको नेपालमा वर्तमान प्रधानमन्त्रीज्यू प्रशंसाको मात्र भोको देखिनु साच्चै बिडम्बनापूर्ण देखिन्छ। जीवनको तात्पर्य बुझेको र नबुझेको एवंअन्तस्करण खुलेको र नखुलेको ब्यक्तिमा सायद यस्तै अन्तर हुन्छ!