पु.समाचार

मुलुकभरी नै आज दिनभरी वर्षा र हिमपात, भोलीबाट भने केही सुधारः मौसमवीद

काठमाण्डौ । हिजो अपरान्हबाट परेको पानी अँझैपनि रोकिएको छैन । प्राय जसो बेलुकादेखीको वर्षा मुलुकभरीनै भईरहेको मौसमवीदको भनाई छ । वर्षा पर्न सुरु गरेसंगै मुलुकभर चिसो अत्यधीक बढेको छ ।

यस्तै आज पनि मुलुकको पूर्वी, मध्य र पश्चिमी भेगमा हल्का देखी मध्यम खालको वर्षा र हिमपात भईरहेको छ । वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात आज शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।

उनका अनुसार (शुक्रबार) आज पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ ।

शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिएका छन् । मुलुकभर परेको र्षा र हिमपातले चिसो वढेपछी चिसोबाट बच्न चिकित्सकले सुझाव दिएका छन् ।